स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क
सारांश
- स्पेसएक्सका संस्थापक एलन मस्कले कम्पनी स्थापना गर्दा सफलताको सम्भावना १० प्रतिशतभन्दा कम देखेको बताएका छन्।
- उनले सानो गोदामबाट सुरु भएको कम्पनी आज विश्वकै ठूलो आईपीओमार्फत सार्वजनिक बजारमा प्रवेश गर्नु अविश्वसनीय उपलब्धि भएको बताए।
- मस्कले कम्पनीको उपलब्धिको श्रेय कर्मचारी र प्राविधिक टोलीलाई दिँदै अन्तरिक्षमा मानव उपस्थितिलाई विस्तार गर्ने लक्ष्य अझै कायम रहेको बताए।
काठमाडौँ। स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनी स्थापना गर्दा आफूले यसको सफलताको सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको बताएका छन्।
स्पेसएक्सको सेयर कारोबार औपचारिक रूपमा सुरु हुनुअघि टेक्ससस्थित कम्पनीको आधार शिविरबाट सम्बोधन गर्दै मस्कले सानो स्तरबाट सुरु भएको कम्पनी आज विश्वकै ठूलो आईपीओमार्फत सार्वजनिक बजारमा प्रवेश गर्नु अविश्वसनीय उपलब्धि भएको बताए।
'एल सेगुन्डोको एउटा सानो गोदामबाट सुरु भएको यो कम्पनी आज इतिहासकै सबैभन्दा ठुलो आईपीओसहित सार्वजनिक बजारमा जाँदैछ भन्ने कुरा पत्याउनै गाह्रो छ,' उनले भने, 'सुरुवाती दिनमा मैले स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ।'
मस्कले कम्पनीको उपलब्धिको श्रेय सम्पूर्ण कर्मचारी र प्राविधिक टोलीलाई दिँदै अन्तरिक्षमा मानव उपस्थितिलाई विस्तार गर्ने लक्ष्य अझै कायम रहेको बताए।
सम्बोधनपछि मस्कले टेक्ससबाटै बटन थिचेर स्पेसएक्सको सेयर कारोबारको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटनसँगै कम्पनी परिसरमा उत्सव मनाइएको थियो भने एल्टन जोनको चर्चित गीत ‘रकेट म्यान’ बजाइएको थियो।
स्पेसएक्सको सार्वजनिक सूचीकरणलाई विश्वकै ठूलो आईपीओका रूपमा हेरिएको छ। यससँगै कम्पनीको बजार मूल्याङ्कन ट्रिलियन डलरको स्तरमा पुग्ने अनुमान गरिएको छ भने मस्क विश्वकै पहिलो ट्रिलियनेयर बन्ने समेत निश्चित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
-
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
-
न्युजिल्यान्डका ब्याटर केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण