भारतको आसाममा वायुसेनाको सैन्य विमान दुर्घटना
शनिबार, ३० जेठ २०८३, १२ : २६
सारांश
- भारतको आसाम राज्यस्थित जोरहाटमा भारतीय वायुसेनाको एउटा 'ट्रान्सपोर्ट' विमान दुर्घटनाग्रस्त भएको छ ।
- शनिबार बिहान जोरहाटको रौरिया एयरबेसमा अवतरण गर्ने क्रममा एएन-३२ विमान दुर्घटनामा परेको हो ।
- दुर्घटनामा विमानका पाइलटको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
आसाम । भारतको आसाम राज्यस्थित जोरहाटमा भारतीय वायुसेनाको एउटा 'ट्रान्सपोर्ट' विमान दुर्घटनाग्रस्त भएको छ । शनिबार बिहान जोरहाटको रौरिया एयरबेसमा अवतरण गर्ने क्रममा एएन-३२ विमान दुर्घटनामा परेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा विमान अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनालगत्तै विमानमा भीषण आगलागी भएको र विमान दुई टुक्रा भएको बताइएको छ ।
यो विमान मुख्यतया सैनिक र सैन्य सामग्री ओसारपसारका लागि प्रयोग गरिँदै आएको थियो । दुर्घटनामा विमानका पाइलटको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
भारतीय वायुसेनाले घटनाको पुष्टि गर्दै यसबारे विस्तृत जानकारी संकलन भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण