शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल

शनिबार, ३० जेठ २०८३, १४ : ५१
शनिबार, ३० जेठ २०८३

सारांश

  • नेपाल र भारतबीच सीमापार रेलमार्ग परियोजना कार्यान्वयन र द्विपक्षीय सहयोग विस्तार गर्ने उद्देश्यले दुई दिने बैठक सम्पन्न भएको छ ।
  • बैठकमा जयनगर-बिजुलपुरा-बर्दिबास र जोगबनी-विराटनगर रेलमार्गको प्रगति, जनकपुर-अयोध्या यात्रुवाहक रेल सेवा सञ्चालन प्रक्रिया र रक्सौल-काठमाडौँ रेलमार्गको फाइनल लोकेसन सर्भे प्रतिवेदनबारे छलफल भएको छ ।
  • दुई देशका प्रतिनिधिहरूले नेपालको पूर्व-पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग र भविष्यमा निर्माण गरिने सम्भावित रेल लिङ्कहरूबारे सहमति जनाउँदै रेल सेवामा सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

काठमाडौँ । नेपाल र भारतबिच सीमापार रेलमार्ग परियोजनाहरूको बारेमा छलफल भएको छ । सीमापार रेलमार्ग परियोजना कार्यान्वयन र यस क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप बलियो बनाउने उद्देश्यले काठमाडौँमा दुई दिनसम्म बैठक चलेको थियो ।

हिजो सम्पन्न १०औँ प्रोजेक्ट स्टेयरिङ कमिटी र आठौँ संयुक्त कार्य समूहको बैठकले नेपाल–भारत रेल सञ्जाल विस्तारका विभिन्न विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेका जयनगर बिजुलपुरा–बर्दिबास र जोगबनी–विराटनगर ब्रोड गेज रेलमार्गको हालसम्मको प्रगतिका बारेमा छलफल भएको थियो । यसका साथै दुवै पक्षले जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनका लागि आवश्यक पर्ने सञ्चालन प्रक्रियाको मस्यौदामाथि पनि छलफल भएको हो । 

बैठकले रक्सौल–काठमाडौँ ब्रोड गेज रेलमार्गको फाइनल लोकेसन सर्भे प्रतिवेदनका विषयमा पनि महत्त्वपूर्ण छलफल भएको दूतावासले जनाएको छ । नेपालको पूर्व–पश्चिम रेलमार्गका लागि आवश्यक प्राविधिक सहयोग र भविष्यमा निर्माण गरिने अन्य सम्भावित रेल लिङ्कहरूबारे पनि दुई देशको बिचमा सहमति भएको छ । 

बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरूले रेल सेवाको क्षेत्रमा भइरहेको यो सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप