माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ ।
सर्केगार्ड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद आज बिहान गाईगोरु चराउन जङ्गल गएकी थिइन् । बिहान करिब १०ः ३० बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए ।
घटनाको जानकारी बिहान ११ः ५० बजे प्रहरी चौकी सर्केगाडमा पुगेपछि प्रहरी हबल्दार गोबर्द्धन परियारको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा खटिएको थियो । थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा अर्को प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा बर्सेनि ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ । यस घटनाले पुनः सडकमाथिका जोखिमयुक्त भिरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा यात्रु र स्थानीय बासिन्दाको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
स्थानीयले यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण