फोटोफिचर
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
शनिबार, ३० जेठ २०८३, १७ : ३५
सारांश
- प्रदर्शनकारीहरूले सुस्ताका देशभक्त नेपालीहरूलाई सम्मान दिनुपर्ने र सीमा रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
- उनीहरूले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गरौँ, भौगोलिक अखण्डताको रक्षा गरौँ जस्ता प्लेकार्ड प्रदर्शन गर्दै प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरेका छन् ।
काठमाडौँ । सुस्तामा भएको भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप विरुद्ध नेकपा माओवादीले प्रदर्शन गरेको छ । शनिबार सो पार्टीले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

उनीहरुले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने भन्दै सीमाको रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गराैँ, भौगोलिक अखण्डताको रक्षा गराैँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा माओवादीले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्री माफी माग्नुपर्ने जनाएको छ ।
शुक्रबार नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका– ५ थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका थिए ।





_jtzgS27YI7.jpg)




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण