खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
बिर्तामोड । झापाको मेचीनगरबाट खैरो हिरोइनसहित बिर्तामोडका एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले आज दिउँसो मेचीनगर-६ स्थित पुरानो मेची पुल क्षेत्रबाट बिर्तामोड नगरपालिका-७ निवासी ३० वर्षीय विष्णु सिंह राजवंशीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका राजवंशीलाई शङ्काका आधारमा जाँच गर्दा प्लास्टिकबाहेक पाँच ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो । बरामद लागुऔषधसहित निजलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झापाको पूर्वी नाका क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण