पूजाले चुमिन् ‘द मिसेस नेशनल’को ताज
सारांश
- पूजा साहले ‘द मिसेस नेशनल’को उपाधि जितेकी छन् ।
- प्रतियोगितामा लक्ष्मी बोहोरा ‘द मिसेस नेशनल प्लेटिना’ र अप्सरा सुवेदी ‘द मिसेस नेशनल क्लासिक’ घोषित भए ।
- विशेष उपाधिसहित विभिन्न विधामा अन्य प्रतियोगीहरूलाई पनि सम्मान गरिएको थियो ।
काठमाडौँ । पूजा साहले ‘द मिसेस नेशनल’को उपाधि चुमेकी छन् । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न फिनालेमा साहले शीर्ष उपाधि चुमेकी हुन् । क्रिजोना मिडिया प्रालिको आयोजना रहेको प्रतियोगितामा लक्ष्मी बोहोरा ‘द मिसेस नेशनल प्लेटिना’ र अप्सरा सुवेदी ‘द मिसेस नेशनल क्लासिक’ घोषित भए । त्यसैगरी जानकी देवी भ्यूअर्स च्वाइस अवार्ड र निरु हाङ्सारुम्बा लिम्बु मोस्ट पपुलर अवार्ड विजेता भए।
विशेष उपाधिसमेत प्रदान गरिएको प्रतियोगीतामा सुष्मा केसी मोस्ट कन्फिडेन्ट, पवित्रा फुयाँल मोस्ट इन्स्पिरेसनल, शान्ति शाही मोस्ट करेजियस र श्रद्धा श्रेष्ठ बोहोरा मोस्ट क्रिएटिभ घोषित भए । किसु सुनारले वेस्ट पर्सनालिटी, भवानी जिरेलले मोस्ट फ्रेन्ड्ली तथा बिना लिम्बुले मोस्ट ट्यालेन्टेड एन्ड वेस्ट वाक उप उपाधि प्राप्त गरेका छन् ।
त्यस्तै नीतु मिश्र मोस्ट इन्करेजिङ, अप्सरा सुवेदी मोस्ट फोटोजेनिक, निरु हाङ्सारुम्बा लिम्बु वेस्ट पब्लिक स्पिकर, जानकी देवी मोस्ट एलिगेन्ट, पूजा साह मोस्ट डिसिप्लिन्ड, लक्ष्मी पाख्रिन मोस्ट ग्रेसफुल तथा लक्ष्मी बोहोरा वेस्ट फिगर अवार्डबाट सम्मानित भए।
प्रतियोगिताको निर्णायकमा अभिनेता रवि डंगोल, सामाजिक अभियन्ता तथा सार्वजनिक व्यक्तित्व नानु सिंह र उद्यमी तथा नेपाल एसोसिएसन अफ टुर अपरेटर्सका निर्देशक विश्वेश श्रेष्ठ रहेका थिए।
विवाहित महिलाहरूलाई आफ्नो क्षमता, प्रतिभा र व्यक्तित्व प्रदर्शन गर्न आयोजित प्रतियोगिताको कोरियोग्राफर तथा प्रस्तोता लभिन अन्सारी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण