आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा

आइतबार, ३१ जेठ २०८३, १४ : १०
आइतबार, ३१ जेठ २०८३

सारांश

  • पूर्वसांसद डा. धवलशमशेर राणाले राप्रपाको देखाउने र चपाउने दाँत फरक रहेको बताएका छन्।
  • उनले आगामी दिनमा राजासहितको प्रजातन्त्र बोक्ने मजबुत राष्ट्रवादी शक्ति निर्माण गर्न लागिरहेको बताए।
  • राप्रपाले आफ्नो एजेन्डालाई तिरस्कृत गरेको र गएको चुनावमा ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएकोले नयाँ पार्टी गठन गर्नुपरेको उनले बताए।

काठमाडौँ । राप्रपाबाट अलग्गिएर नयाँ पार्टी गठनको गृहकार्यमा लागेका पूर्वसांसद नेता डा.धवलशमशेर राणाले राप्रपाको देखाउने र चपाउने दाँत फरक फरक रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै राणाले आगामी दिनमा मजबुत राष्ट्रवादी शक्ति निर्माण गर्न लागिरहेको बताए । 

उनले नयाँ पार्टी २/३ महिनामै मजबुत पार्टीका रूपमा अघि बढ्ने भन्दै राजासहितको प्रजातन्त्र बोक्ने पार्टी अहिलेको राजनीतिमा विकल्प दिने पार्टी बन्ने बताए ।   ‘मजबुत राष्ट्रवादी शक्तिको खाँचोलाई परिपूर्ति गर्न राप्रपाले सकेन’, राणाले भने–  ‘यो कुरा गएका निर्वाचनले प्रस्ट पारिसकेको छ ।’ 

राप्रपाले बोकेको मूल्य र मान्यता सनातनी हिन्दु अधिराज्यको एजेन्डा जनताले नभई राप्रपाले तिरस्कृत गरेको बताए ।   ‘हाम्रो एजेन्डा जनताले होइन, राप्रपाले तिरस्कृत गरेको हो’, उनले भने, ‘गणतन्त्रलाई प्रयोग गरेर हामीले बोकेको मान्यता स्थापित गर्ने भनिएको हो तर सभामुख खाएर एजेन्डाप्रति गद्दारी गरियो ।’

गणतन्त्रलाई नियमन र सबलीकरण गर्ने सभामुख जस्तो पद नै राप्रपाले खाइदिएपछि राप्रपाको खाने र देखाउने दाँत फरक फरक हो भनेर पुष्टि भएको उनले बताए ।  गएको चुनावमा राप्रपाका उम्मेदवारको ९७ प्रतिशत जमानत जफत गराइदिएबाटै राप्रपाप्रति जनताको दृष्टिकोण परिवर्तन भएकाले आफूहरूले अलग पार्टी गठन गर्नुपर्ने अवस्था आएको बताए ।

नयाँ पार्टीमा कुनै भेदभाव र पक्षपातपूर्ण व्यवहार नगरिने भन्दै कतिपयले दुर्गा प्रसाई सँगको सहकार्य र मिलान देश चलाउने र राजसंस्था स्थापित गर्दासम्म रहने राणाको दाबी छ । उनले पार्टी नाम, झन्डा र चुनाव चिह्न चाँडै सार्वजनिक गरिने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप