आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पर्सामा एक सय किलो गाँजा बरामद

आइतबार, ३१ जेठ २०८३, १५ : ०४
आइतबार, ३१ जेठ २०८३

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरको संयुक्त टोलीले आज एक सय किलो गाँजा बरामद गरेको छ ।  संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गेरको हो ।

उक्त गाँजा कसको हो, कसले कुन प्रयोजनका लागि लुकाइछिपाइ राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप