मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड

मङ्गलबार, ०२ असार २०८३, ०८ : ५०
मङ्गलबार, ०२ असार २०८३

काठमाडौँ ।  फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डबिचको प्रतिस्पर्धा २–२ गोलको बराबरीमा टुङ्गिएको छ । 

लस एन्जलस स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले सातौँ मिनेटमै एलिजाह जस्टको गोलमार्फत अग्रता बनाएको थियो। क्रिस वुडको पासमा जस्टले गोल गर्दै आफ्नो टोलीलाई सुरुआती बढत दिलाएका थिए।

इरानले खेलको ३२औँ मिनेटमा रामिन रेजाइयानको शानदार फ्लिक गोलमार्फत खेललाई १–१ को बराबरीमा ल्यायो। पहिलो हाफ यही नतिजामा सकिएको थियो।

दोस्रो हाफको सुरुआतमै न्युजिल्यान्डले फेरि अग्रता बनायो। ५४औँ मिनेटमा क्रिस वुडकै अर्को असिस्टमा एलिजाह जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ ले अघि बढाए।

तर इरानले पुनः उत्कृष्ट पुनरागमन गर्‍यो। ६४औँ मिनेटमा मोहम्मद मोहेब्बीले रामिन रेजाइयानको पासलाई सदुपयोग गर्दै गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो।

त्यसपछि दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि दुबै टोली सफल भएनन् । अनि खेल बराबरीमा टुङ्गिन पुग्यो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप