रास्वपा महाधिवेशन स्थल परिवर्तन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको आयोजना स्थल परिवर्तन गरिएको छ ।
- यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा आयोजना गर्ने भनिएको महाधिवेशन अब भरतपुरको चितवन उद्योग संघको अन्तराष्ट्रिय प्रर्दशनी केन्द्रमा हुनेछ ।
- महाधिवेशनको तयारीका लागि १८ वटा उपसमिति गठन गरी काम अगाडि बढाइएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन भएको छ ।
यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन आयोजना गर्ने भनिएपनि उक्त स्थान परिवर्तन गरी भरतपुरमा रहेको चितवन उद्योग संघको अन्तराष्ट्रिय प्रर्दशनी केन्द्रमा महाधिवेशन आयोजना गर्ने तय भएको रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।
स्थान परिवर्तन भएसंगै चितवनको टाँडीमा करिब ६ हजार अट्ने बाँसको पंडाल बनाउने काम स्थगित गरिएको उनले बताए ।
आगामी असार ७ देखि ९ गतेसम्म आयोजना गरिएको महाधिवेशनमा सहभागी हुनेका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध गरिएको छ ।
पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुको समन्वयमा महाधिवेशन तयारीको लागि १८ वटा उपसमिति बनाएर काम अगाडी बढाइएको केन्द्रीय सदस्य गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बजेट कार्यान्वयनमा कानुन बाधक छ : हर्कराज राई
-
बागमतीको बजेटः नयाँ कार्यक्रममा जोड दिँदा पुराना दर्जनौँ कार्यक्रम गायब
-
एसियन गेम्स छनोटमा धाँधली भएको भन्दै पौडी खेलाडी अदालतमा
-
लेबनान मामिलामा नेतान्याहुप्रति ट्रम्प असन्तुष्ट
-
मुख्यमन्त्री विजय र पत्नी संगीता अदालतमा अनुपस्थित, सम्बन्धविच्छेदको मुद्दाको पेसी सर्यो
-
गोडैता नगरपालिकाका वडाध्यक्ष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण