कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
सारांश
- कोलम्बियाले फिफा विश्वकप २०२६ को छनोट खेलमा उज्बेकिस्तानलाई ३-१ ले पराजित गरेको छ।
- कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे भने उज्बेकिस्तानका लागि अब्बोसबेक फैजुल्लायेभले एक गोल गरे।
- लुइस डियाजले एक गोल र एक असिस्ट प्रदान गर्दै कोलम्बियाको जितमा महत्वपूर्ण भूमिका खेले।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुआत गरेको छ।
मेक्सिको सिटी स्टेडियममा भएको खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे। उज्बेकिस्तानका लागि अब्बोसबेक फैजुल्लायेभले एक गोल फर्काए।
कोलम्बियाले ४०औँ मिनेटमा लुइस डियाजको पासमा डानिएल मुनोजले गोल गर्दै अग्रता बनाएको थियो। पहिलो हाफ १–० मा सकिएको खेलमा उज्बेकिस्तानले ६०औँ मिनेटमा फैजुल्लायेभको गोलमार्फत बराबरी फर्कायो।
तर पाँच मिनेटपछि नै कोलम्बियाले पुनः अग्रता लियो। गुस्ताभो पुएर्ताको पासमा लुइस डियाजले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पुर्याए।
दोस्रो हाफमा उज्बेकिस्तानले केही राम्रो प्रदर्शन गरे पनि बराबरी गोल निकाल्न सकेन। बरु इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियालाई सानदार जित दिलाए ।
एक गोल र एक असिस्ट गरेका लुइस डियाज कोलम्बियाको जितका प्रमुख नायक बने। यो जितसँगै कोलम्बियाले समूह ‘के’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने उज्बेकिस्तानले हारबाट विश्वकप यात्रा सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण