पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए मेक्सिको र दक्षिण कोरिया
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ए' को खेलमा मेक्सिको र दक्षिण कोरियाबीचको प्रतिस्पर्धा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
- दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा घरेलु समर्थकहरू खेलको सुस्त गतिको आलोचना गरिरहेका छन्।
- यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउनेछ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिको र दक्षिण कोरियाबीचको प्रतिस्पर्धा पहिलो हाफ सकिँदा गोलरहित बराबरीमा रहेको छ।
ग्वाडालाहारास्थित एस्तादियो ग्वाडालाहारामा जारी खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। पहिलो हाफको अन्त्यतिर दक्षिण कोरियाले खेलमा आफ्नो पकड बलियो बनाउँदै मेक्सिकोमाथि लगातार दबाब सिर्जना गरेको थियो।
४२औँ मिनेटमा दक्षिण कोरियाका यङ–वु सियोलले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार लक्ष्यभन्दा धेरै बाहिरिएको थियो। त्यसपछि पनि दक्षिण कोरियाले बलमा नियन्त्रण कायम राखे पनि अग्रता लिन सफल भएन।
घरेलु समर्थकहरूले भने पहिलो हाफको सुस्त खेलप्रति असन्तुष्टि जनाइरहेका छन्। मेक्सिकोले अपेक्षाअनुसार आक्रमण निर्माण गर्न नसक्दा समर्थकमाझ निराशा देखिएको छ।
समूह ‘ए’ मा दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ। यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजी बजारमा देखिएको उतारचढावबारे अर्थमन्त्री वाग्ले, ‘अनुसन्धानका कारण केही भय देखिएको हुन सक्छ’
-
पार्टी छोड्नेहरूले नाटक गरे, राजसंस्था पुनर्स्थापनाको वातावरण उनीहरूले नै बिगारे : लिङ्देन
-
श्रमप्रतिको नकारात्मक दृष्टिकोणले देश सधैँ गरिब रह्यो : अध्यक्ष राई
-
तीन पूर्वअध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार
-
कर्णालीका स्थानीय तहलाई प्रदेश सरकारको अनुदान वितरणमा स्वेच्छाचारिता
-
१० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि, ३३ विद्यालयका ४८ टोली भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण