फ्राईडे रिलिज : देशभर एक्लै ‘आइ एम जीत बहादुर’
सारांश
- आज (शुक्रबार)बाट देशभर फिल्म ‘आइ एम जीत बहादुर’ प्रदर्शनमा आएको छ ।
- योसँग रिलिज हुने अर्को नयाँ फिल्म नहुँदा यसले देशभर एकल प्रदर्शन रिलिजको अवसर पाएको हो ।
- अभिनेता जितु नेपालको निर्माणमा बनेको यो फिल्मले गाउँबाट शहर आएका एक युवाको कलाकार बन्ने संघर्षलाई प्रस्तुत गर्दछ ।
काठमाडौँ । आज (शुक्रबार)बाट देशभर फिल्म ‘आइ एम जीत बहादुर’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको योसँग रिलिज हुने अर्को नयाँ फिल्म नहुँदा यसले देशभर एकल प्रदर्शन रिलिजको अवसर पाएको हो ।
यद्यपि देशभरका फिल्म हलमा ‘आइएम जितबहादुर’को कब्जामा भने छैन । किनभने यसअघि रिलिज भएका ‘लालिबजार’, रोल नम्बर १’ र केही विदेशी फिल्म पनि हलमा छन् ।
अभिनेता जितु नेपालको निर्माणमा बनेको फिल्म ‘आइ एम जीत बहादुर’ गाउँबाट सपना बोकेर शहर आएका एक युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको फिल्म हो ।
भारतीय बङ्गाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा बनेको फिल्ममा जितुको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छन् । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा’बाबा’, नीरज नेपाल, अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय छ ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र नीरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै गरिएको हो । ‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गरेको छ । छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल मिलेमतोको आशङ्कामा अनुसन्धान, आइभोरी कोस्टका स्ट्राइकरले पाएनन् क्यानडाको भिसा
-
विश्वविद्यालयको उपकुलपति छनोटमा राजनीतिक गन्ध मिसिएको एमालेको आशंका
-
जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर
-
ललितपुर महानगरको नीति तथा कार्यक्रम आज
-
हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने
-
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण