शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही

शुक्रबार, ०५ असार २०८३, १२ : ५२
शुक्रबार, ०५ असार २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।
  • उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएको कदमको स्वागत गरेका छन् ।
  • शाहीले करको दर परिवर्तनका विषयमा छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे।

उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए । संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्व हुने स्मरण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप