जावलाखेल चिडियाखानामा बर्डफ्लु संक्रमण, अनिश्चितकालका लागि बन्द
सारांश
- ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बर्डफ्लु संक्रमणको कारण अनिश्चितकालका लागि बन्द गरिएको छ ।
- चिडियाखाना परिसरभित्रका पन्छीहरूमा बर्डफ्लु पुष्टि भएपछि सर्वसाधारणको स्वास्थ्य सुरक्षा र संक्रमण नियन्त्रणका लागि अवलोकनमा रोक लगाइएको छ ।
- बर्डफ्लु पन्छीहरूमा लाग्ने अति संक्रामक रोग भएकाले दुर्लभ पन्छी, जनावर र मानिसमा समेत संक्रमण सर्न सक्ने जोखिमलाई मध्यनजर गरी चिडियाखाना सिल गरिएको छ ।
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द भएको छ ।
चिडियाखाना परिसरभित्र राखिएका पन्छीहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि आजदेखि लागू हुने गरी चिडियाखाना बन्द गरिएको हो ।
_8n7ZuKU49P.jpg)
चिडियाखानाको व्यवस्थापन हेर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषले सर्वसाधारणको स्वास्थ्य सुरक्षा र संक्रमण नियन्त्रणलाई ध्यानमा राख्दै अवलोकनमा रोक लगाएको हो । कोषले भनेको छ, ‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको छ ।’
_4SYLGh4MgH.jpg)
चिडियाखानाभित्र रहेका जीवजन्तुमा बर्डफ्लु देखिएपछि त्यहाँको अवस्था जोखिमपूर्ण बनेको छ । बर्डफ्लु विशेषगरी पन्छीहरूमा लाग्ने अति संक्रामक रोग हो । यसले चिडियाखानामा रहेका अन्य दुर्लभ पन्छी तथा जनावरहरूलाई समेत गम्भीर असर गर्न सक्ने र मानिसमा पनि संक्रमण सर्न सक्ने उच्च जोखिम रहन्छ । यही जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि चिडियाखाना सिल गरिएको हो ।
_kb7x7iyEx3.jpg)
_mXErJrrcsp.jpg)
_mtyp64lJWf.jpg)
_d8aMS1B5Gb.jpg)
_2AHrWpkiaL.jpg)
_SlOQBcKbzM.jpg)
_PQvzrTPGuP.jpg)
_8xugKSIeB4.jpg)
_Sn4FN10RVq.jpg)
_fXwoilDqNe.jpg)
(तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण