बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी' को दोस्रो चरणको खेलमा आज बेल्जियम र इरानबिच प्रतिस्पर्धा हुँदै छ ।
- दुवै टोली आफ्नो उद्घाटन खेलमा बराबरी खेलेकाले यस खेलमार्फत प्रतियोगितामा पहिलो जित दर्ता गर्ने दाउमा छन् ।
- समूहका सबै टोलीको अंक बराबर रहेकाले आजको खेलमा जित निकाल्ने टोली नकआउट चरण प्रवेशको दौडमा अगाडि बढ्नेछ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को दोस्रो चरणको खेलमा आज युरोपेली पावरहाउस बेल्जियम र एसियाली टोली इरानबिच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार सोमबार बिहान १२ः४५ बजे अमेरिकाको लस एन्जलस स्टेडियममा सुरु भएकाे हाे।
दुवै टोली जारी खेलमार्फत प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गर्ने दाउमा छन् । बेल्जियमले आफ्नो उद्घाटन खेलमा इजिप्टसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । उता, इरानले पनि आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै १ अंक जोडेको थियो ।
समूह ‘जी’ को अंक तालिका हाल निकै रोचक अवस्थामा छ । पहिलो चरणका दुवै खेल बराबरीमा सकिएकाले समूहका चारै टोलीको समान १–१ अंक छ । धेरै गोल गरेको आधारमा न्युजिल्यान्ड र इरान क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने बेल्जियम तेस्रो र इजिप्ट चौथो स्थानमा रहेका छन् ।
समूहका सबै टोलीको अंक बराबर रहेकाले आजको खेलमा जित निकाल्ने टोली नकआउट चरण (अघिल्लो राउन्ड) प्रवेशको दौडमा निकै अगाडि बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण