कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
सोमबार, ०८ असार २०८३, १० : ५७
सारांश
- प्रहरीले सुनसरीस्थित कोशी नदीको किनारबाट १६८ केजी गाँजा बरामद गरेको छ ।
- बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर स्थित कोशीको किनारबाट बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद गरिएको हो ।
- ९ वटा प्लास्टिकका बोरामा फेला परेको गाँजा ट्युब र बाँसको सहयोगमा बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । प्रहरीले सुनसरीस्थित कोशी नदीको किनारबाट १६८ केजी गाँजा बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर स्थित कोशीको किनारबाट बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
९ वटा प्लास्टिकका बोरामा फेला परेको गाँजा ट्युब र बाँसको सहयोगमा बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण