सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्

सोमबार, ०८ असार २०८३, १४ : २९
सोमबार, ०८ असार २०८३

सारांश

  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा विशेष अदालतबाट सफाइ पाएपछि सोमबार मन्त्रालय फर्किइन् ।
  • मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले डा. मिश्राले आजदेखि हाजिरी गरेको पुष्टि गरेका छन् ।
  • म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. मिश्रसहित ८ जनालाई सफाइ दिएको थियो ।

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रा मन्त्रालय फर्किएकी छिन् । विशेष अदालतबाट सफाइ पाएसँगै डा.मिश्रा आज सोमबारदेखि मन्त्रालयमा पुगेर हाजिरी गरेकी हुन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले मिश्राले आजदेखि हाजिरी गरेको पुष्टि गरेका छन् । म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. मिश्रसहित ८ जनालाई सफाइ दिएको थियो । 

डा.मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद देवकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले सफाइ पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप