स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी बापतको रकम भुक्तानी पठाएको छ । बोर्डको आज सोमबार बसेको बैठकको निर्णयानुसार आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ को स्वीकृत तथा रुजु भएको दाबी रकम सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको हो ।
अर्थ मन्त्रालयबाट असार ४ गते निकास भएको रकमबाट यो भुक्तानी मिलाइएको बोर्डले जनाएको छ । बोर्डले ३६४ स्वास्थ्य संस्थालाई दुई अर्ब ८ हजार २ सय ३३ रुपैयाँ पठाएको छ ।
भुक्तानी प्रक्रियामा बोर्डको साबिकको नियमानुसार दाबी भुक्तानी बापत स्वीकृत रकमको दुई प्रतिशत रकम कट्टा गरेर मात्र बाँकी रकम पठाइएको छ ।
विगतका पेस्कीहरू फर्छ्यौट गरी बाँकी रहेको तथा स्वीकृत भएको दाबी रकम अनुसार यो भुक्तानी गरिएको हो । सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानीको जानकारी गराइएको बोर्डका उपसचिव पुष्प प्रसाद गुरागाईँले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड
-
वैदेशिक रोजगारीको कालो ऐना: मेनपावर व्यवसायी, कामदार र राज्यको दोहोरो चरित्र
-
प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्यधिक
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण