हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को खेलमा नर्वेले सेनेगललाई ३-१ ले पछि पारेको छ।
- नर्वेका लागि मार्कस पेडरसनले पहिलो हाफमा र एर्लिङ हालान्डले दोस्रो हाफमा दुई गोल गरे।
- सेनेगलका लागि इस्माइला सारले एक गोल फर्काएका थिए।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले सेनेगललाई ३–१ ले पछि पार्दै जित निकट पुगेको छ।
न्युयोर्क–न्युजर्सी रंगशालामा ५८औँ मिनेटसम्म नर्वेले खेलमाथि नियन्त्रण कायम राख्दै अग्रता बनाइरहेको छ। पहिलो हाफको अन्त्यतिर मार्कस पेडरसनले ४३औँ मिनेटमा गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै एर्लिङ हालान्डले ४८औँ मिनेटमा माइकल ओडेगार्डको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। तर सेनेगलले ५३औँ मिनेटमा इस्माइला सारको गोलमार्फत खेलमा फर्कने संकेत दिएको थियो।

तर नर्वेले खेलमा पुनः नियन्त्रण लिँदै ५८औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल थपेपछि खेल ३–१ को स्थितिमा पुगेको हो।
सेनेगलका लागि सामुएल मनले ५३औँ मिनेटको गोलमा असिस्ट गरेका थिए भने नर्वेका मार्कस पेडरसनले पहिलो गोल गर्दै टोलीलाई बाटो देखाएका थिए।

पहिलो खेलमा कमजोर प्रदर्शन गरेको सेनेगलका लागि यो खेल कठिन बनेको छ भने नर्वे लगातार दोस्रो जिततर्फ अघि बढ्दै नकआउट चरण नजिक पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण