फोटो फिचर
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित (तस्बिरहरू)
मङ्गलबार, ०९ असार २०८३, १२ : ५९
१
सारांश
- पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयानका लागि पुर्याइएको छ ।
- व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।
- पौडेललाई स्थलमार्ग हुँदै काठमाडौँ ल्याएर विभागमा उपस्थित गराइएको छ ।
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुर्याइएको छ । सोमबार पक्राउ गरेर ल्याइएका उनलाई बयानका लागि विभाग पुर्याइएको हो ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेको व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।

उनलाई स्थलमार्ग हुँदै काठमाडौँ ल्याइएको थियो । केही बेरअघि माइक्रोबसमा राखेर ल्याइएका उनलाई विभागमा उपस्थित गराइएको हो ।

विभागले आवश्यक प्रक्रिया पुरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतीय केन्द्रीय राज्यमन्त्री जर्ज कुरियनद्वारा राजीनामा, मोदी मन्त्रिपरिषद्मा हेरफेरको सम्भावना
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण