फिफा विश्वकप २०२६
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
बुधबार, १० असार २०८३, ०६ : ४१
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा क्रोएसियाले पानामालाई १-० ले पराजित गरेको छ।
- क्रोएसियाको जितमा आन्ते बुडिमिरले ५४औँ मिनेटमा निर्णायक गोल गरे।
- यस जितसँगै क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ भने पानामा समूह चरणबाटै बाहिरिएको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गरेको छ।
क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाको जितमा आन्ते बुडिमिरले निर्णायक गोल गरे। दोस्रो हाफ सुरु भएपछि मैदान प्रवेश गरेका बुडिमिरले ५४औँ मिनेटमा जोसिप स्टानिसिचको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पानामाले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। इन्जुरी समयमा आमिर मुरिलोले पाएको फ्रिकिकको अवसर पनि खेर जाँदा पानामा बराबरी गोलबाट वञ्चित भयो।

यस जितसँगै क्रोएसियाले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ भने पानामा समूह चरणबाटै बाहिरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
-
आज पनि सुनचाँदीको मूल्य घट्यो
-
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
-
अमेरिकी सम्झौतामा क्षेप्यास्त्र कार्यक्रम समावेश छैन : पेजेशकियन
-
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
-
पुनः सञ्चालनमा आयो बौद्धस्थित भाट–भटेनी सुपर स्टोर (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण