बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

भारतीय उद्यमी कुनाल शाह भए व्हाट्सएप प्रमुख

बुधबार, १० असार २०८३, १० : २०
बुधबार, १० असार २०८३

सारांश

  • मेटाले भारतीय उद्यमी कुनाल शाहलाई व्हाट्सएपको प्रमुख नियुक्त गरेको छ ।
  • यो नियुक्तिसँगै शाह व्हाट्सएपको नेतृत्व गर्ने पहिलो भारतीय बनेका छन् ।
  • कम्पनीका प्रमुख मार्क जुकरवर्गले शाहको निर्माणमुखी सोच र वैश्विक दृष्टिकोणको प्रशंसा गरेका छन् ।

नयाँ दिल्ली । भारतीय फिनटेक कम्पनी क्रेडका संस्थापक कुनाल शाहलाई मेटाले विश्वकै लोकप्रिय सन्देश सेवा प्रदायक साइट व्हाट्सएप को प्रमुख नियुक्त गरेको छ । यो नियुक्तिसँगै शाह व्हाट्सएपको नेतृत्व गर्ने पहिलो भारतीय बनेका छन् ।

मुम्बईमा हुर्किएका शाहले सन् २०१० मा फ्रीचार्ज स्थापना गरेर भारतीय स्टार्टअप क्षेत्रमा पहिचान बनाएका थिए । पछि उनले सन् २०१८ मा क्रेड स्थापना गरेका थिए, जुन हाल भारतको प्रमुख फिनटेक कम्पनीमध्ये एक मानिन्छ ।

व्हाट्सएपले सन्देश सेवासँगै भुक्तानी, व्यावसायिक सेवा र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित उत्पादनहरू विस्तार गरिरहेको बेला शाहको नियुक्ति भएको हो । कम्पनीका प्रमुख मार्क जुकरवर्गले शाहको ‘निर्माणमुखी सोच’ र ‘वैश्विक दृष्टिकोण’को प्रशंसा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप