उत्तर कोरियाली नौसेनालाई आणविक हतियारले सुसज्जित गर्दैछन् किम जोङ उन
सारांश
- उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशको नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने योजना अनुसार अघि बढेको बताएका छन् ।
- किमले १० हजार टन क्षमताका रणनीतिक युद्धपोत निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गर्दै नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने कार्यक्रम निर्धारित योजनाअनुसार अघि बढिरहेको घोषणा गरे ।
- यस योजनाले उत्तर कोरियाको आणविक शक्तिलाई विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गर्न सक्षम बनाउनेछ ।
प्योङयाङ । उत्तर कोरिया आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित बनाउने कार्यक्रम योजनाअनुसार अगाडि बढिरहेको त्यहाँका नेता किम जोङ उनले बताएका छन् । साथै उनले १० हजार टन क्षमताका रणनीतिक युद्धपोत निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना पनि सार्वजनिक गरेका छन् ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार किमले मंगलबार नाम्पो बन्दरगाह सहरमा आयोजित एक समारोहमा यस्तो घोषणा गरेका हुन् ।
उक्त समारोहमा उत्तर कोरियाले गत वर्ष निर्माण गरेको ५,००० टन क्षमताको युद्धपोत चोए ह्योन लाई औपचारिक रूपमा नौसेनामा समावेश गरिएको थियो । ‘नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने कार्यक्रम निर्धारित योजनाअनुसार अघि बढिरहेको छ,’ समारोहलाई सम्बोधन गर्दै किमले भने । उनका अनुसार यसले उत्तर कोरियाको आणविक शक्तिलाई विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गर्न सक्षम बनाउनेछ ।
उत्तर कोरियाले यसअघि नै चोए ह्योन युद्धपोतलाई सबैभन्दा शक्तिशाली हतियारहरूले सुसज्जित जहाज भनेको थियो । किमले यस वर्ष उक्त वर्गका विभिन्न युद्धपोतहरूको निरीक्षण गरेका थिए । अप्रिलमा उनले चोए ह्योनबाट क्रुज मिसाइल परीक्षणको प्रत्यक्ष अवलोकन समेत गरेका थिए । किमले आफ्नो भाषणमा चाँडै अर्काे विनाशक युद्धपोत काङ कोनलाई पनि सञ्चालनमा ल्याइने बताए ।
उनले भने, ‘चोए ह्योनपछि हामी काङ कोनलाई सञ्चालनमा ल्याउनेछौं । त्यसपछि १० हजार टन क्षमताका रणनीतिक युद्धपोतहरू क्रमशः निर्माण र सञ्चालन गरिनेछ,’ । किमको योजनाअनुसार उत्तर कोरियाले अब प्रत्येक वर्ष चोए ह्योनभन्दा उच्च स्तरका दुईवटा सतही युद्धपोत निर्माण गर्ने लक्ष्य लिएको छ । यसमा १० हजार टन क्षमताका क्रुजर वर्गका जहाजहरू पनि समावेश हुनेछन् ।
सोमबार सम्पन्न तीनदिने पार्टी बैठकमा किमले देशको रक्षा क्षमता अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । दक्षिण कोरिया र अमेरिकाले आफ्नो सैन्य आधुनिकीकरण तीव्र बनाएको आरोप लगाउँदै त्यसले क्षेत्रलाई आणविक युद्धको संघारमा पुर्याएको दाबी उनले गरे ।
उत्तर कोरियाले सन २०१९ मा हनोई मा किम जोङ उन र डोनाल्ड ट्रम्प बीच भएको शिखर वार्ता असफल भएपछि आफूलाई अपरिवर्तनीय आणविक शक्ति सम्पन्न राष्ट्र घोषणा गर्दै आएको छ । त्यसयता प्योङयाङले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तर विस्तार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण