बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रास्वपा महाधिवेशन : सर्‍यो मतदानको समय

बुधबार, १० असार २०८३, २० : ५२
बुधबार, १० असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्य पदको मतदान समय सारिएको छ ।
  • निर्वाचन आयोगका अनुसार अब राति १० बजेदेखि मतदान सुरु हुनेछ र भोलि बिहानसम्म चल्नेछ ।
  • एक प्रतिनिधिले मतदान गर्न करिब १० देखि १५ मिनेट लाग्न सक्ने अनुमान गरिएको छ ।

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को महाधिवेशन जारी छ । गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज केन्द्रीय सदस्य पदका लागि मतदानको कार्यक्रम छ।

साढे ८ बजेदेखि मतदानको समय तोकिएको थियो । तर समयमै मतदान नभएपछि समय सारिएकाे छ । अब राति १० बजेदेखि मतदान हुने भएको छ । मतदान भोलि बिहान १० बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।

सोही अनुसार विद्युतीय मेसिनका प्राविधिकहरूले काम गरिरहेका निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

निर्वाचन समितिका अनुसार एक प्रतिनिधिलाई आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ।

९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप