कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
सारांश
- समूह चरणको अन्तिम खेलमा कतारलाई ३-१ गोल अन्तरले पराजित गर्दै बोस्निया र हर्जगोभिनाले समूह 'बी' मा तेस्रो स्थान सुरक्षित गरेको छ ।
- यो हारसँगै कतार जारी विश्वकपबाट बाहिरिने छैटौँ टोली बनेको छ ।
- यो जितसँगै बोस्नियाको ४ अंक पुगेको छ र नकआउटमा पुग्ने सम्भावना कायमै रहेको छ ।
काठमाडौँ । समूह चरणको अन्तिम खेलमा कतारलाई ३–१ गोल अन्तरले पराजित गर्दै बोस्निया र हर्जगोभिनाले समूह ‘बी’ मा तेस्रो स्थान सुरक्षित गरेको छ । यो हारसँगै कतार जारी विश्वकपबाट बाहिरिने छैटौँ टोली बनेको छ ।
अमेरिकाको सियाटल स्टेडियममा भएको खेलमा बोस्नियाका लागि २९ औँ मिनेटमा केरीम अलाज्बेगोभिचले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा कतारका सुल्तान अल–बराकले आत्मघाती गोल गरेपछि बोस्नियाको अग्रता दोब्बर भयो । ४२ औँ मिनेटमा कतारका हसन अल–हैदोसले एक गोल फर्काए पनि ८० औँ मिनेटमा बोस्नियाका एर्मिन महमिचले गोल गर्दै ३–१ को जित सुनिश्चित गरे ।
यो जितसँगै बोस्नियाको ४ अंक पुगेको छ । समूहमा तेस्रो स्थानमा रहे पनि ४ अंकका साथ बोस्नियाको नकआउटमा पुग्ने सम्भावना कायमै रहेको छ । यता, कतार भने समूह चरणका सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन
-
ओपनएआईले च्याटजीपीटीका लागि बनायो आफ्नै चिप
-
५० प्रतिशतले घट्यो फिल्म निर्माण, दोषी कलाकार !
-
चल्दा चल्दैको फोन किन हुन्छ ह्याङ ?
-
१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै
-
आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण