बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति

बिहीबार, ११ असार २०८३, ०३ : ३६
बिहीबार, ११ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि जारी मतदान प्रक्रियामा उम्मेदवारको वरीयतालाई लिएर विवाद भएको छ ।
  • निवर्तमान केन्द्रीय सदस्य गणेश कार्कीले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको नामको वरीयता क्रमबारे प्रश्न उठाएका छन् ।
  • कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो नामभन्दा पछि दर्ता भएकाहरूको नाम अगाडि कसरी आयो भन्दै निर्वाचन आयोगको प्रक्रियामाथि असन्तुष्टि व्यक्त गरेका छन् ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान जारी रहँदा उम्मेदवारहरूको वरीयता क्रमलाई लिएर विवाद उत्पन्न भएको छ । पार्टीका निवर्तमान केन्द्रीय सदस्य एवं सांसद गणेश कार्कीले विद्युतीय भोटिङ मेसिन (ईभीएम) मा उम्मेदवारहरूको नाम कुन आधारमा राखिएको हो भन्दै गम्भीर प्रश्न उठाएका हुन्  । 

विभिन्न प्राविधिक कारण र विवादले गर्दा लामो समय रोकिएको मतदान प्रक्रिया मध्यरात १२ बजेपछि मात्रै सुरु भएको थियो । रास्वपाले निर्वाचनका लागि ईभीएम प्रणाली प्रयोग गरे पनि उम्मेदवारहरूको नाम कुन मापदण्डले तल–माथि पर्‍यो भन्ने विषयमा कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।

कार्कीले फेसबुकमार्फत आफ्नो नाम खुलातर्फ १३३ नम्बरमा रहेको जानकारी दिँदै निर्वाचन आयोगको प्रक्रियामाथि प्रश्न गरेका छन् ।  उनले लेखेका छन्, ‘प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ? मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नामको स्थान तोकियो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप