बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा

बिहीबार, ११ असार २०८३, ०६ : ४७
बिहीबार, ११ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ए' मा दक्षिण अफ्रिका र दक्षिण कोरियाबीच नकआउट चरण प्रवेशका लागि निर्णायक प्रतिस्पर्धा सुरु भएको छ ।
  • मेक्सिको समूह विजेता भएसँगै दोस्रो स्थानका लागि दक्षिण कोरिया, दक्षिण अफ्रिका र चेक गणतन्त्रबीच प्रतिस्पर्धा छ ।
  • दक्षिण कोरियालाई नकआउट चरणमा पुग्न बराबरी पर्याप्त हुनेछ भने दक्षिण अफ्रिकालाई जित अनिवार्य छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ मा दक्षिण अफ्रिका र दक्षिण कोरियाबीच  निर्णायक प्रतिस्पर्धा सुरु भएको छ । मेक्सिकोको एस्टाडियो मोन्टेरेमा प्रतिस्पर्धा सुरु भएको हो । 

समूह विजेताको रूपमा मेक्सिको यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। तर समूहको दोस्रो स्थानका लागि दक्षिण कोरिया, दक्षिण अफ्रिका र चेक गणतन्त्रबीच प्रतिस्पर्धा जारी छ।

दुई खेलबाट तीन अंक जोडेको दक्षिण कोरिया नकआउट चरण नजिक रहेको छ। उसलाई अन्तिम ३२ मा स्थान बनाउन बराबरी नै पर्याप्त हुन सक्छ। यता एक अंकमा रहेको दक्षिण अफ्रिकालाई भने अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्न जित अनिवार्य छ।

विश्वकपमा अफ्रिकी टोलीविरुद्ध दक्षिण कोरियाका खेलहरू प्रायः गोलबहुल रहने गरेका छन्। यसअघि अफ्रिकी राष्ट्रहरूसँग खेलेका चार विश्वकप खेलमा दक्षिण कोरियाका खेलबाट कुल १८ गोल निस्किएका छन्।

दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थाको यो खेल समूह ‘ए’ को दोस्रो टोलीको टुंगो लगाउने महत्वपूर्ण भिडन्तका रूपमा हेरिएको छ।

समूह ‘ए’ को अर्को खेलमा चेक गणतन्त्र र मेक्सिको आमनेसामने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप