फिफा विश्वकप २०२६
चेक गणतन्त्रविरुद्ध मेक्सिकोको अग्रता, चाभेजको गोल
बिहीबार, ११ असार २०८३, ०८ : ०६
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ए' को खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध १-० को अग्रता बनाएको छ।
- मेक्सिकोका मातेओ चाभेजले खेलको ५५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन्।
- समूह विजेता बनिसकेको मेक्सिको तेस्रो जितको लक्ष्यमा छ भने चेक गणतन्त्र नकआउट चरणको आशा कायम राख्न दबाबमा छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध १–० को अग्रता बनाएको छ।
मेक्सिको सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५५औँ मिनेटमा मातेओ चाभेजले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका हुन्। लुइस रोमोको पासमा चाभेजले चेक गणतन्त्रको पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै बललाई जाली चुमाएका थिए।
पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसके पनि दोस्रो हाफ सुरु भएको केही समयमै मेक्सिकोले खेलमा अग्रता बनाएको हो।
समूह विजेता बनिसकेको मेक्सिको तेस्रो जितको लक्ष्यमा रहेको छ भने नकआउट चरणको आशा कायम राख्न संघर्षरत चेक गणतन्त्र दबाबमा परेको छ। खेल ६०औँ मिनेटसम्म पुग्दा मेक्सिको १–० ले अगाडि रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब राजस्व सङ्कलन
-
उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन
-
शम्भुजितलाई दीर्घ साधना, उन्नतिदेखि शिवसम्मलाई सम्मान दिइने
-
कास्कीका पालिकाको बजेट : दबाबमा पोखरा, अरूको पैसा खर्च हुन सकेन
-
मध्यपहाडी राजमार्गको काम अलपत्र पार्ने कन्टेक प्रालिसँगको ठेक्का तोडियो
-
रास्वपा महाधिवेशन : सभापतिले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण