रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षमाथि ठगीको आरोप
सारांश
- रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्ष आङबाबु राईमाथि ६ लाख ८३ हजार ८९१ रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
- बचतकर्ता सानु सापकोटाले राम्रो ब्याज दिने भन्दै रकम लिएर फिर्ता नगरेको र सम्पर्कविहीन भएको भन्दै उजुरी दिएकी छन् ।
- रकम फिर्ताका लागि दिएको २ लाखको चेक समेत नसाटिएको र निवर्तमान अध्यक्षले सर्वसाधारणका साथै अन्य बचतकर्ता र सञ्चालकहरूको समेत ठगी गरेको आरोप छ ।
काठमाडौँ । काठमाडौँ लाजिम्पाटस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्षमाथि ६ लाख ८३ हजार ८९१ रुपैयाँ ठगी गरेको एक बचतकर्ताले आरोप लगाएकी छन् ।
सहकारीबाट पीडित सानु सापकोटाले सहकारीमा बचत गरेको रकम निवर्तमान अध्यक्ष आङबाबु राईले ठगेको भन्दै रुरल सहकारीका हालका सञ्चालक समिति अध्यक्ष र काठमाडौँ महानगरपालिकामा उजुरी दिएकी छन् । निवेदनमा निवर्तमान अध्यक्षले ‘राम्रो ब्याज दिन्छु’ भन्दै विभिन्न समयमा रकम लिई सहकारीको पासबुकमा जम्मा गरिदिएको तर पछि रकम फिर्ता नगरी सम्पर्कविहीन भएको उल्लेख गरेका छन् ।
पीडित सानु सापकोटाले रुरल डेभलपमेन्टका निवर्तमान अध्यक्षले फिर्ता रकम दिन भन्दै सिटिजन बैंक इन्टरनेसनल लिमिटेड, नयाँबजार शाखास्थित खाता नम्बर ०१५०१००००००३९०३० बाट २०७९ साल वैशाख १५ गते २ लाखको चेक काटेर दिएका थिए । तर उक्त चेक हालसम्म साटिन नसकेको र बाँकी रकमसमेत फिर्ता नपाएको भन्दै उजुरी दिएका छन् । उजुरी दिएपछि अध्यक्ष राई सम्पर्कबाहिर रहेको उनले बताइन् ।
पीडितको निवेदनअनुसार निवर्तमान अध्यक्ष राईले विभिन्न मितिमा आफूबाट कुल रु ६,८३,८९१ लिए पनि फिर्ता गर्ने वाचा पूरा गरेका छैनन्। उल्टै रकम भुक्तानीका लागि दिइएको चेकसमेत बैङ्कमा साटिन नसकेको दाबी गरिएको छ। निवेदनमा अध्यक्ष ‘रकम फिर्ता नगरी भागिरहेको’ आरोपसमेत लगाएकी छिन् ।
निवेदनमा भनिएको छ, ‘सहकारीका निवर्तमान अध्यक्षले आफूजस्ता सर्वसाधारण बचतकर्ता मात्र नभई अन्य बचतकर्ता र सञ्चालकहरूको रकमसमेत ठगी गरेको जानकारी पछि मात्रै खुलेको हो। सोही आधारमा पीडितले आफ्नो रकम फिर्ता र ठगी कसुरअन्तर्गत कारबाहीको माग गरेका छन्।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अधिवेशन लम्बिँदा औषधि परामर्श परिषद्को बैठक अन्योलमा
-
कुटपिट र भोकै राखेर श्रम शोषण गरिएका एक नेपालीसहित १२ मजदुरको भारतबाट उद्धार
-
प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय
-
लुम्बिनीमा बजेटमाथिको छलफल अन्योल, लगातार सर्दै प्रदेश सभा बैठक
-
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण