भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
सारांश
- भेनेजुएलामा हालै आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६४ पुगेको छ ।
- भूकम्पमा परी घाइते हुनेको सङ्ख्या ९७१ पुगेको छ भने धेरै भवनहरू भत्किएका छन् ।
- कार्यवाहक राष्ट्रपति डोल्सी रोद्रिगेजले उद्धार र पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघ र आईएमएफसँग समन्वय गरिरहेकी छिन् ।
कारकास । हालै आएको शक्तिशाली भूकम्पपछि भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६४ पुगेको छ । त्यहाँकी कार्यवाहक राष्ट्रपति डोल्सी रोद्रिगेजले बिहीबार बिहान राष्ट्रलाई सम्बोधन गर्दै अद्यावधिक विवरण सार्वजनिक गरेकी हुन् ।
उनका अनुसार खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने आशङ्का गरिएको छ । भूकम्पमा परेर घाइते हुनेको सङ्ख्या ९७१ जना पुगेको बताइएको छ । अधिकारीहरूका अनुसार धेरै भवनहरू पूर्ण रूपमा भत्किएका छन् भने सयौँ संरचनामा गम्भीर क्षति पुगेको छ । भग्नावशेषभित्र मानिसहरू फसेको हुनसक्ने अनुमानका आधारमा उद्धार टोलीहरू निरन्तर खटिएका छन् ।
रोड्रिगेजका अनुसार मुख्य दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा ३० वटा परकम्प रेकर्ड गरिएको छ । यसले प्रभावित क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ र उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ । रोड्रिगेजले संयुक्त राष्ट्रसंघसँग समन्वय गरेर थप उद्धारकर्मी पठाउने व्यवस्था भइरहेको जानकारी दिएकी छिन् ।
त्यसैगरी बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहकार्य गरी पुनर्निर्माणका लागि प्रारम्भिक २० करोड अमेरिकी डलरको कोष स्थापना गर्ने प्रयास भइरहेको पनि उनले बताइन् ।
कार्यवाहक राष्ट्रपतिले निजी क्षेत्रलाई भारी उपकरण तथा मेसिनरी उपलब्ध गराएर उद्धार अभियानमा सहयोग गर्न आग्रह गरेकी छिन् । विशेष गरी भग्नावशेष हटाउने र फसेका व्यक्तिहरूको खोजीमा यस्ता उपकरण आवश्यक रहेको बताइएको छ ।
रोड्रिगेजले नागरिकहरूलाई शान्त रहन र सुरक्षित अवस्थामा रहेका भवनभित्र बस्न आग्रह गरेकी छिन् । उनले राष्ट्रिय एकताको आवश्यकता औँल्याउँदै सबै नागरिकलाई संयम अपनाउन अनुरोध गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
तनहुँमा २७ वन्यजन्तुको उद्धार
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण