‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा इन्धन सस्तो भएन, सरकारले उपभोक्तामाथि अन्याय गर्यो’
सारांश
- सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि नेपालमा नघटाई मूल्यवृद्धिका कारण उपभोक्ता अन्यायमा परेको बताएका छन्।
- उनले इन्धनको मूल्य बढ्दा औषधि, यातायात, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको लागत बढेर आम नागरिकको जीवन कष्टकर बनेको उल्लेख गरे।
- सांसद रिजालले तत्काल इन्धनको मूल्य घटाएर नागरिकलाई सहज जीवनयापनको वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उल्लेख्य रूपमा घटिरहेको भए पनि विभिन्न बहाना बनाएर नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गरेका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद रिजालले यस्तो आलोचना गरेका हुन्।
इन्धनको मूल्य बढ्दा औषधि, सार्वजनिक यातायात तथा दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको उनले बताए। बढ्दो महँगीका कारण आम नागरिकको दैनिक जीवन कष्टकर बनेको उनको भनाइ छ।
इन्धन महँगिँदा निर्माण सामग्रीको लागत बढेको, पूर्वाधार निर्माणको जिम्मा लिएका सयौँ व्यवसायी समस्यामा परेको तथा हजारौँ श्रमिकले रोजगारी गुमाउनुपरेको भन्दै उनले तत्काल इन्धनको मूल्य घटाई नागरिकलाई सहज रूपमा जीवनयापन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।
बैठकमा उनले भने, ‘केही हप्तादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट भइरहेको छ। खरिद मूल्य सस्तो हुँदा समेत विभिन्न बहाना बनाई मूल्य नघटाउनु नेपाली उपभोक्तामाथिको अन्याय हो। तसर्थ, तत्काल मूल्य घटाई चौतर्फी भएको मूल्यवृद्धि नियन्त्रण गरेर आम जनताको दैनिक जीवनलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
सांसद रिजालले इन्धनको मूल्य बढेसँगै सबै क्षेत्रमा महँगी चुलिएकाले यस विषयमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय बजारको परिदृश्य अनुसार नेपालमा मूल्य समायोजन नहुँदा उपभोक्ता मारमा परेको भन्दै उनले संसद्मार्फत सरकारको तीव्र आलोचना गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण