शान्ति निर्माण निरन्तर संवाद र जनविश्वासबाट मात्र सम्भव
सारांश
- संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले दिगो शान्तिका लागि निरन्तर संवाद र जनविश्वास आवश्यक रहेको बताएका छन् ।
- उनले शान्ति निर्माण प्रक्रियामा महिला, युवा तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
- गरिबी, सामाजिक बहिष्करण, असमानता तथा अवसरको अभावजस्ता द्वन्द्वका मूल कारणलाई सम्बोधन नगरी दिगो शान्ति सम्भव नहुने उनको भनाइ छ ।
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले दिगो शान्तिका लागि निरन्तर संवाद र जनविश्वासको आवश्यकतामा जोड दिएका छन् ।
संयुक्त राष्ट्र सङ्घको शान्ति निर्माण आयोगको शान्ति निर्माण संरचनाको २० वर्ष पूरा भएको अवसरमा आयोजित वार्षिक अधिवेशनलाई सम्बोधन गर्दै राजदूत थापाले नेपालको शान्ति सुव्यवस्था तथा नेपाल सरकारले कसरी शान्ति प्रक्रिया टुंगो लगाएको बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए ।
उनले दीर्घकालीन र दिगो शान्तिका लागि राष्ट्रिय स्वामित्व र राष्ट्रिय नेतृत्व नै सबैभन्दा महत्त्वपूर्ण आधार रहेको उल्लेख गर्दै शान्तिलाई निरन्तर संवाद, समावेशी सहभागिताका आधारमा अगाडि बढाइ रहनुपर्ने बताएको संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
राजदूत थापाले शान्ति निर्माण प्रक्रियामा महिला, युवा तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा उल्लेख गर्दै उनीहरूलाई केवल लाभग्राहीका रूपमा नभई शान्तिका सहनिर्माताका रूपमा स्थापित गर्नुपर्ने पनि बताए ।
उनले गरिबी, सामाजिक बहिष्करण, असमानता तथा अवसरको अभावजस्ता द्वन्द्वका मूल कारणलाई सम्बोधन नगरी दिगो शान्ति सम्भव नहुने उल्लेख गरे ।
साथै, शान्ति निर्माणलाई प्रभावकारी बनाउन सरोकारवाला, युएन, विकास साझेदार तथा अन्तर्राष्ट्रिय वित्तीय संस्था बिच दीर्घकालीन र सुदृढ साझेदारी आवश्यक रहेको उनले बताए ।
संयुक्त राष्ट्र सङ्घको शान्ति निर्माण संरचनाको २० वर्ष पूरा भएको अवसरमा आयोजित उक्त वार्षिक अधिवेशनमा सदस्य राष्ट्रहरू तथा विभिन्न अन्तर्राष्ट्रिय साझेदारहरूले शान्ति निर्माणका उपलब्धि, चुनौती र भावी प्राथमिकता बारे विचार आदान–प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : पदाधिकारीको मतदान सकिएपछि विवाद, मत हाल्न पाउनुपर्ने भन्दै प्रतिनिधिको दबाब
-
४८ टोली सहभागी विश्वकपका कमजोरी देखाउने खेलहरू
-
कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
-
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
-
रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण