रास्वपा महाधिवेशन
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
शुक्रबार, १२ असार २०८३, १६ : २८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ ६:३० बजे महाधिवेशनस्थलको हलमा हुने भएको छ।
- आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथग्रहण कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।
- रास्वपाको आइतबार सुरु भएको महाधिवेशनमा पदाधिकारीको निर्वाचन सम्पन्न भएसँगै आजै शपथग्रहण हुन लागेको हो।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ हुने भएको छ।
महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज साँझ ६:३० बजे महाधिवेशनस्थलको हलमा आयोजना गरिनेछ।
आयोजकले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ।
रास्वपाको आइतबारदेखि महाधिवेशन सुरु भएकामा पदाधिकारीको निर्वाचन सकेर आजै शपथ हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४८ टोली सहभागी विश्वकपका कमजोरी देखाउने खेलहरू
-
कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
-
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
-
रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन
-
१६ वर्षमुनिका बालबालिकामाथिको सामाजिक सञ्जाल प्रतिबन्ध थप कडा बनाउने अस्ट्रेलियाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण