न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले अदालतका फैसला वा आदेश, न्यायिक प्रक्रिया तथा कानुनका विषयहरूलाई यथार्थ र सन्तुलित रूपमा प्रस्तुत गर्न सकिएमा न्यायपालिकाप्रतिको जनविश्वास अझ सुदृढ बन्ने बताएका छन्।
शुक्रबार सर्वोच्च अदालतमा आयोजित अदालत र सञ्चारकर्मीबिचको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश शर्माले नागरिकको सुसूचित हुने अधिकारको प्रभावकारी कार्यान्वयन स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चार माध्यममार्फत नै सम्भव हुने धारणा राखेका हुन्।
न्यायिक विषयवस्तुको समाचार सम्प्रेषण गर्दा तथ्यपरकता, सन्तुलन, शुद्धता र पेसागत उत्तरदायित्वको विशेष महत्त्व रहने उनले स्पष्ट पारेका छन्। अदालत र सञ्चार क्षेत्र दुवै संस्थाका कार्यक्षेत्र र जिम्मेवारी फरक भए पनि कानुनको शासन, पारदर्शिता, जबाफदेहिता र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनमा दुवैको साझा उद्देश्य रहेको उनले बताए। यी दुई संस्थाबिच एक अर्काको संवैधानिक भूमिका, स्वतन्त्रता र मर्यादाको सम्मान गर्दै पारस्परिक समझदारी र सहयोगको वातावरण निर्माण गर्नु आवश्यक रहेकोमा उनले जोड दिएका छन्।
न्यायिक विषयवस्तुहरू संवेदनशील र कानुनी ढङ्गले जटिल हुने भएकाले त्यस्ता विषयको समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी अपेक्षित हुने प्रधानन्यायाधीश शर्माले धारणा राखे। न्यायपालिकाले पनि आफ्ना गतिविधि, निर्णय तथा सूचनाहरूलाई समयानुकूल, व्यवस्थित र सहज रूपमा सार्वजनिक गर्न निरन्तर प्रयासरत रहनुपर्ने आफ्नो विश्वास रहेको उनले स्पष्ट पारेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण