ब्रिटिस काउन्सिलद्वारा अर्बिट मेडिकल इन्ट्रान्सलाई ‘प्लाटिनम पाटर्नर अवार्ड’ प्रदान
सारांश
- ब्रिटिस काउन्सिलले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै अर्बिट मेडिकल इन्ट्रान्सलाई यस वर्षको ‘प्लाटिनम पाटर्नर अवार्ड’ बाट सम्मानित गरेको छ।
- अर्बिट समूहका प्रबन्ध निर्देशक सुनिल रेग्मीलाई नेपालका लागि बेलायती राजदूतावासका सामाजिक विकास प्रमुख एन्ड्रियू लङले अवार्ड हस्तान्तरण गरेका थिए।
- यस वर्षको ‘टप एसोसिएसन अवार्ड’ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) लाई, ‘गोल्ड अवार्ड’ केआईइसी लर्निङ सेन्टरलाई र ‘सिल्भर अवार्ड’ द नेक्स्ट एजुकेशन कन्सलटेन्सीलाई प्रदान गरिएको छ।
काठमाडौँ । ब्रिटिस काउन्सिलले नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै अर्बिट मेडिकल इन्ट्रान्सलाई यस वर्षको ‘प्लाटिनम पाटर्नर अवार्ड’ बाट सम्मानित गरेको छ। काउन्सिलले आफ्नो व्यावसायिक साझेदारमध्ये अर्बिटले सबैभन्दा उत्कृष्ट कार्य गरेको भन्दै यो उच्च सम्मान प्रदान गरेको हो।
बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहका बिच अर्बिट समूहका प्रबन्ध निर्देशक सुनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरियो। नेपालका लागि बेलायती राजदूतावासका सामाजिक विकास प्रमुख एन्ड्रियू लङले रेग्मीलाई सो अवार्ड प्रदान गरेका थिए। वैदेशिक शिक्षाका लागि अनिवार्य मानिने आइएलटीएस परीक्षाको तयारीमा अर्बिट समूहको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको छ।
सम्मान ग्रहण गरेपछि प्रबन्ध निर्देशक रेग्मीले भने, ‘हामीले वैदेशिक शिक्षामा अत्यावश्यक आइएलटीएसमा पुर्याएको योगदानको कदर गर्दै ब्रिटिस काउन्सिलले यो उत्कृष्ट सम्मान दिएको छ। यसले हामीलाई थप जिम्मेवारी बोध गराएको छ।’
सोही कार्यक्रममा काउन्सिलले अन्य विभिन्न विधामा पनि अवार्डहरू वितरण गरेको छ। जसअनुसार ‘टप एसोसिएसन अवार्ड’ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) लाई प्रदान गरिएको छ। यस्तै, ‘गोल्ड अवार्ड’ केआईइसी लर्निङ सेन्टरले प्राप्त गरेको छ भने ‘सिल्भर अवार्ड’ द नेक्स्ट एजुकेशन कन्सलटेन्सीले जितेको छ।
काउन्सिलको ‘ब्रोन्ज अवार्ड’ भने पाँच वटा संस्थाहरू एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, एइसीसी स्टडी अबोर्ड कन्सल्टेन्सी, एओपी ग्लोबल कन्सल्टेन्सी, आइएलटीएस सेन्टर र ब्रिज इन्टरनेशनलले प्राप्त गरेका छन्।
काउन्सिलकी कन्ट्री एक्जाम डाइरेक्टर प्रतिष्ठा थापा रायमाझीले नेपालका हजारौँ युवालाई अन्तर्राष्ट्रिय शिक्षासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने व्यावसायिक साझेदारहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन्।
त्यस्तै, काउन्सिल नेपालका हेड अफ बिजनेश डेभलपमेन्ट सुदर्शन सुवेदीले नेपाली विद्यार्थी र पेशाकर्मीलाई अन्तर्राष्ट्रिय अवसरहरूसँग जोड्ने परामर्शदाताहरूको प्रयास सराहनीय रहेको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण