फिफा विश्वकप २०२६
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
शनिबार, १३ असार २०८३, ०१ : २४
सारांश
- विश्वकपको समूह 'आई' को अन्तिम खेलमा फ्रान्सेली विंगर ओस्मान डेम्बेलेले जादुमयी प्रदर्शन गरेका छन्।
- डेम्बेलेले ३२औँ मिनेटमै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–१ को बलियो स्थितिमा पुर्याएका छन् ।
- खेलको सातौँ मिनेटमा केलियन एम्बाप्पेको पासमा पहिलो गोल गरेका डेम्बेलेले २०औँ मिनेटमा पुनः एम्बाप्पेकै सहयोगमा दोस्रो गोल गरे ।
काठमाडौँ । विश्वकपको समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सेली विंगर ओस्मान डेम्बेलेले जादुमयी प्रदर्शन गरेका छन्। अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलको ३२औँ मिनेटमै ह्याट्रिक पूरा गर्दै डेम्बेलेले फ्रान्सलाई ३–१ को बलियो स्थितिमा पुर्याएका छन् ।
खेलको सातौँ मिनेटमा केलियन एम्बाप्पेको पासमा पहिलो गोल गरेका डेम्बेलेले २०औँ मिनेटमा पुनः एम्बाप्पेकै सहयोगमा दोस्रो गोल गरे । त्यसको ठिक एक मिनेटपछि २१औँ मिनेटमा नर्वेका थेलो आसगार्डले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याएर नर्वेलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ३२औँ मिनेटमा डेम्बेलेले आफ्नो व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि फ्रान्सले पुनः दुई गोलको अग्रता कायम गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण