१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
सारांश
- १० वर्ष कैद भुक्तान गरेर छुटेका व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन्।
- प्रहरीले २७१ ग्राम खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
- उनिहरु भारतबाट लागुऔषध ल्याई नेपालमा बिक्री वितरण गर्दै थिए।
काठमाडौँ । नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय काटेर छुटेका एक व्यक्ति पुनः लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा ४२ वर्षीय विष्णु धामी, ३६ वर्षीय रुद्रबहादुर सुवेदी र ४८ वर्षीय विजयराज धामी रहेका छन् । प्रहरीले उनीहरूलाई २७१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भारतबाट लागुऔषध ल्याई सुनसरी, धनकुटा, इलाम, भोजपुरलगायतका स्थानमा बिक्री वितरण गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका धामी यसअघि कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरी जेलबाट छुटेका व्यक्ति रहेको प्रवक्ता रेग्मीले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण