मनभित्र रिस दबाएर राख्दा हुन सक्छ अटोइम्युन डिजिज
सारांश
- रिसलाई मनभित्र दबाएर राख्दा अटोइम्यून रोगहरू निम्तिन सक्ने पिटर्सबर्ग विश्वविद्यालयको एक अध्ययनले देखाएको छ ।
- रिस दबाउनाले शरीरमा तनाव हार्मोन कोर्टिसोल बढ्छ, जसले प्रतिरक्षा प्रणालीलाई बिगार्छ ।
- महिलाहरूमा महिला सेक्स हार्मोन र एक्स क्रोमोजोमका कारण अटोइम्यून रोगहरूको जोखिम बढी हुने गर्दछ ।
काठमाडौँ । रिस हामी सबैलाई उठ्छ । कहिलेकाहीँ हामी रिसलाई मनमै दबाएर राख्छौँ अनि कहिले रिसको झोकमा हामी कसैमाथि चिच्याउँछौँ, रिस पोख्छौँ । विशेष गरी महिलाहरू मनभित्र रिसलाई दबाएर राख्छन् ।
तर यसरी रिसलाई दबाउनु भनेको अटोइम्यून रोगहरूलाई निम्तो हुन सक्ने पिटर्सबर्ग विश्वविद्यालयको एक अध्ययनले देखाएको छ । आफ्नो रिसलाई दबाउने महिलाहरूमा मुटुको समस्याको जोखिम बढी हुने अध्ययनमा पाइएको छ ।
धेरै अन्य अध्ययनहरूले पनि रिसलाई दबाउनाले तनाव बढ्छ, जसले अटोइम्यून रोगहरूको विकासलाई ट्रिगर गर्न सक्ने देखाएका छन् ।
रिसलाई दबाउनाले रोग लाग्छ
भावनाहरूलाई मनभित्रै दबाउनाले शरीरमा कोर्टिसोल बढ्छ । कोर्टिसोल एक खाले तनाव हार्माेन हो जसले प्रतिरक्षा कार्यलाई बिगार्छ । यस बारे विस्तृत अनुसन्धान अझै बाँकी छ । यद्यपि, हालैका अध्ययनहरूले हामीले हाम्रा भावनाहरूलाई कसरी नियमन गर्छौँ त्यसले हाम्रो समग्र स्वास्थ्यलाई असर गर्ने कुरा देखाएको छ । हाम्रो स्वास्थ्यलाई जैविक कारकहरूले मात्रै होइन मनोवैज्ञानिक, सामाजिक र वातावरणीय प्रभावहरूले पनि आकार दिन्छ ।
के हुन् अटोइम्यून डिजिज ?
जब शरीरको प्रतिरक्षा प्रणालीले बाह्य रोगजन्य कारक र आफ्नै कोषहरूबीच भेद गर्न सक्दैन त्यस्तो अवस्थालाई अटोइम्यून डिजिज भनिन्छ । यसका कारण शरीरले आफ्ना केही अंग र प्रणालीहरू विरुद्ध एन्टिबडीहरू वा गैर–विशिष्ट एन्टिबडीहरू उत्पादन गर्न थाल्छ । यी एन्टीबडीहरूले आफ्नै शरीरमा आक्रमण गर्दछ ।
अटोइम्यून रोग वा अवस्थाहरू धेरै खाले हुन्छ । थाइराइड रोग, रुमेटोइड गठिया, इरिटेबल बाइल सिन्ड्रोम, वा मल्टिपल स्क्लेरोसिस र सिस्टमिक लुप्स जस्ता मल्टी सिष्टम कन्डीशन यसका केही प्रकार हुन् ।
महिलाहरू बढी जोखिममा
महिला सेक्स हार्माेनहरूले अटोइम्यून रोगहरूको जोखिम बढाउँछन् । यसलाई एक्स क्रोमोजोम निष्क्रियता प्रक्रिया भनिन्छ । महिला, नन–बाइनरी व्यक्ति, ट्रान्स पुरुष, र दुई एक्स क्रोमोजोमहरू लिएर जन्मेका जो कोहीमा अटोइम्यून रोगहरूको जोखिम बढाउँछ ।
अटोइम्यून रोगहरू साइको इमोशनसँग पनि सम्बन्धित हुन्छन् । यस्तो हार्माेनल परिवर्तनको कारणले गर्दा हुन्छ । मनोवैज्ञानिक तनावले प्रतिरक्षा प्रणालीलाई असर गर्छ । महिलाहरूमा मानसिक, शारीरिक, पेरिमेनोपजल, पोस्टमेनोपजल, वा गर्भावस्थासम्बन्धस् तनावको कारणले अटोइम्यून रोगहरू विकास हुन सक्छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण