फिफा विश्वकप २०२६
इजिप्टले सुरुमै अग्रता बनायो, इरानलाई झट्का
शनिबार, १३ असार २०८३, ०८ : ५५
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी'को निर्णायक खेलमा इजिप्टले इरानविरुद्ध १-० को अग्रता बनाएको छ।
- खेलको पाँचौँ मिनेटमै महमुद साबेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका हुन्।
- यही नतिजा कायम रहेमा इजिप्ट नकआउट चरणमा प्रवेश गर्नेछ भने इरानको भविष्य अर्को खेलको नतिजामा निर्भर रहनेछ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को निर्णायक खेलमा इजिप्टले उत्कृष्ट सुरुआत गर्दै इरानविरुद्ध १–० को अग्रता बनाएको छ।
सियाटलमा जारी खेलको पाँचौँ मिनेटमै महमुद साबेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका हुन्। सुरुआती केही मिनेटमै गोल खाएपछि नकआउट चरणको लक्ष्य बोकेको इरान दबाबमा परेको छ।
खेलको सुरुआती समयमै इजिप्टले बलमा नियन्त्रण राख्दै लगातार आक्रमण गरिरहेको छ भने इरानले रक्षात्मक रणनीति अपनाएको देखिएको थियो। त्यसैबीच इजिप्टले गोल गर्दै खेलमा अग्रता लिन सफल भयो।
यदि यही नतिजा कायम रहेमा इजिप्ट समूह ‘जी’को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्नेछ भने इरानको भविष्य अर्को खेलको नतिजासमेतमा निर्भर रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
-
युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
-
'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
-
५१ औँ दिनमा ‘लालीबजार’
-
राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण