शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)

शनिबार, १३ असार २०८३, १० : ०८
शनिबार, १३ असार २०८३

सारांश

  • हेलम्बुको नयाँ पर्यटकीय गन्तव्य छ्यादी घ्याङ धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षणले भरिएको छ।
  • हेलम्बु हिमालयन ग्रेट ट्रेलको पदयात्रा घना जंगल, रंगीचंगी फूल र हिमाली दृश्यले रोमाञ्चक अनुभव प्रदान गर्दछ।
  • समुद्र सतहबाट ४२०० मिटर उचाइमा रहेको छ्यादी घ्याङमा पर्यटन प्रवर्धन र संरक्षणका लागि नीतिगत निर्णय गरिएको छ।

काठमाडौँ । पछिल्लो समय चर्चामा आएको एउटा पर्यटकीय गन्तव्य हो–हेलम्बु । यहाँ निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ ले पनि पर्यटकलाई तानिरहेको छ। यसबाहेक पनि यस क्षेत्रमा थुप्रै धार्मिक(सांस्कृतिक तथा पर्यटकीय आकर्षणहरू रहेका छन् । ठाउँ–ठाउँमा बनेका चैत्य, हरियाली वन, हिमाली हावा र हिमशृङ्खलाले यात्रुलाई हरेक पाइलामा नयाँ अनुभूतिसँग साक्षात्कार गराउँछन्।

हेलम्बुको नयाँ पर्यटकीय गन्तव्यको रूपमा थपिएको छ–छ्यादी घ्याङ। काठमाडौँबाट मेलम्ची हुँदै छ्यादी घ्याङ पुग्न सकिन्छ। यो ठाउँ हेलम्बु गाउँपालिकामा पर्छ।

गएको जेठ अन्तिम साता छ्यादी घ्याङ, हेलम्बु हिमालयन ग्रेट ट्रेल लगायतको पर्यटन प्रवर्धनका लागि काठमाडौँबाट एक टोली त्यसतर्फ गएको थियो। हामी काठमाडौँबाट मेलम्ची हुँदै छ्यादी घ्याङ पुगेका थियौँ। हालसम्म सात किलोमिटर निर्माण भएको हेलम्बु हिमालयन ग्रेट ट्रेलको पदयात्रा रोमाञ्चक रह्यो। 

01-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (7) (1)

केही समयपछि बाटो उकालो जंगलतर्फ लाग्यो । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्र घना जंगलले ढाकिएको छ । बाटोमा विभिन्न प्रजातिका रंगीचंगी फूलहरूले स्वागत गरे । डाँडाकाँडा र वन पाखामा फुलेका लालीगुराँस र रंगीबिरंगी लेकाली फूलबीच लुकामारी खेल्दै हिँड्नु निकै रोमाञ्चक अनुभव रह्यो। केही क्षणका लागि भए पनि जीवनलाई प्रकृति, शान्ति र आध्यात्मिक अनुभूतिसँग जोड्नका लागि हेलम्बु ट्रेल उत्कृष्ट गन्तव्य हो। जहाँ हरेक दृश्यले ऊर्जा थप्छ।

02-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (7)

सागबारीमा पुगेपछि पानी र असिनाले नराम्ररी चुट्यो। लगभग ९ घण्टाको पदयात्रापछि हामी ठारेपाटी पुग्यौं। ठारेपाटीमा बास बस्नका लागि राम्रा होटलहरू रहेछन्। यो ठाउँबाट प्रसिद्ध गोसाइँकुण्ड जान पनि सकिन्छ। ठारेपाटीबाट थप करिब २ घण्टाको यात्रापछि हामी छ्यादी घ्याङ पुगिन्छ ।

03-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (8)

हेलम्बु गाउँपालिकाले समुद्र सतहबाट ४२०० मिटर उचाइमा रहेको नयाँ पर्यटकीय क्षेत्र छ्यादी घ्याङको फेदीमा २०८३ जेठ २४ मा कार्यपालिका बैठक पनि राखेको थियो। गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार बैठकमा आन्तरिक पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमनदी तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र दिगो विकासका विषयमा केन्द्रित भएर छलफल भएको थियो। 

04-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (9)

बैठकले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासका लागि विभिन्न नीतिगत निर्णयसमेत गरेको उनले बताए। उनले भने, 'हेलम्बुमा अझै धेरै सुन्दर गन्तव्यहरू छन्, जसलाई सही ढंगले विकास गरेर आन्तरिक तथा बाह्य पर्यटनलाई बढवा दिन सकिन्छ।'

05-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (10)06-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (11)07-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (14)08-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (15)09-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (16) (1)10-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (16)11-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (17)12-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (18)13-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (19)14-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (2)16-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (4)17-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (5)18-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (6)19-Ghopteghyang to Thorepati_Hiking_NPL PCT_ (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप