शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

न्युजिल्यान्डविरुद्ध बेल्जियमको गोलवर्षा

शनिबार, १३ असार २०८३, १० : १७
शनिबार, १३ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी'को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३-० को अग्रता बनाएको छ।
  • बेल्जियमका लियान्द्रो ट्रोसार्डले २८औँ र ५०औँ मिनेटमा गोल गरे भने कप्तान केभिन डे ब्रुयनेले ६६औँ मिनेटमा गोल थपे।
  • यस जितले बेल्जियमको नकआउट चरण प्रवेशको सम्भावना बलियो हुनेछ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को आरामदायी अग्रता बनाएको छ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा जारी खेलमा बेल्जियमका लियान्द्रो ट्रोसार्डले २८औँ र ५०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि ६६औँ मिनेटमा कप्तान केभिन डे ब्रुयनेले गोल थप्दै बेल्जियमको अग्रता ३–० पुर्‍याए। हान्स भानाकेनको पासमा आएको अवसरलाई डे ब्रुयनेले उत्कृष्ट रूपमा सदुपयोग गर्दै टोलीलाई थप सहज अवस्थामा पुर्‍याएका हुन्।

लगातार आक्रामक खेल प्रस्तुत गरेको बेल्जियमले बलमाथि नियन्त्रण कायम राख्दै न्युजिल्यान्डलाई दबाबमा राखेको छ। न्युजिल्यान्डले खेलमा फर्किने अवसर सिर्जना गर्न संघर्ष गरिरहेको छ।

समूह ‘जी’को अर्को खेलमा इजिप्ट र इरानबीचको प्रतिस्पर्धा जारी छ। हालको नतिजा कायम रहेमा बेल्जियमको नकआउट चरण प्रवेशको सम्भावना थप बलियो हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप