दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ सुरु
सारांश
- नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ काठमाडौँमा सुरु भएको छ।
- प्रतियोगितामा कूल ८ वटा टोलीले टी–२० फर्म्याटमा प्रतिस्पर्धा गरिरहेका छन् र खेलहरू त्रिवि क्रिकेट मैदान तथा मूलपानी क्रिकेट रङ्गशालामा सञ्चालन भइरहेका छन्।
- यो प्रतियोगिताले क्रिकेटको भावनालाई उत्सवका रूपमा मनाउने तथा नेपाल र भारतबिचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ।
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ काठमाडौँमा सुरु भएको छ।
जुन २६ देखि २८ सम्म चल्ने यस प्रतियोगितामा कूल ८ वटा टोलीले टी–२० फर्म्याटमा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताका खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (टीयू) र मूलपानी क्रिकेट रङ्गशालामा सञ्चालन भइरहेका छन्।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारको परराष्ट्र मन्त्रालयका सहसचिव गहेन्द्र राजभण्डारीले त्रिवि क्रिकेट मैदानमा संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका हुन्। उद्घाटन खेल भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयको टोलीबिच खेलाइएको छ। उक्त उद्घाटन खेल र समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव, नेपालस्थित बेलायती दूतावास तथा अस्ट्रेलियाली दूतावासका अधिकारीहरूका साथै काठमाडौँका क्रिकेट प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रतियोगितामा सहभागी हुने आठ टोलीहरूमा नेपालको परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावास, काठमाडौँमा रहेका कूटनीतिक नियोगहरूको संयुक्त टोली, नेपाली सञ्चारमाध्यम (मिडिया), नेपालका पूर्व क्रिकेटरहरू, नेपाल सरकारका अधिकारीहरू, कर्पोरेट संस्थाहरू र नेपालमा रहेका भारतीय नागरिक (डायस्पोरा) को टोली रहेका छन्। यो प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गरेको छ, जसका लागि भारतीय दूतावासले क्यानप्रति आभार समेत व्यक्त गरेको छ।
यो वार्षिक क्रिकेट प्रतियोगिताले क्रिकेटको भावनालाई उत्सवका रूपमा मनाउने उद्देश्य राखेको छ। क्रिकेट खेलले नेपाल र भारतका जनतालाई सधैँ नजिक ल्याउने काम गरेको र यस प्रतियोगिताले दुई देशबिचको जनस्तरको सांस्कृतिक तथा आपसी सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउने विश्वास लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
-
युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
-
'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
-
५१ औँ दिनमा ‘लालीबजार’
-
राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण