शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेस नेता अभिषेक गिरी पक्राउ

शनिबार, १३ असार २०८३, ११ : ११
शनिबार, १३ असार २०८३

सारांश

  • विराटनगरमा गुण्डागर्दी पृष्ठभूमिका कांग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो ।
  • गिरीले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।

विराटनगर। विराटनगरका नेपाली कांग्रेसका नेता अभिषेक गिरी पक्राउ परेका छन् । उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरीका अनुसार गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो ।  बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरेको थियो ।

प्रहरीले गिरीको घरबाट के बरामद भयो भन्ने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले शंकास्पद वस्तु राखेको आशङ्कामा प्रहरीले छापा मारेको बताउँदै थप अध्ययन भइरहेको जानकारी दिए ।

गिरी यसअघि पनि पटक(पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आउने गरेका व्यक्ति हुन् । अपहरण मुद्दामा कारागारभित्र रहँदासमेत उनी पटक–पटक विवाद गरेका थिए । 

कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

उनीमाथि कैदीबन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप लागेको छ । अभिषेक गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप