आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कावासोतीका मेयर/उपमेयरको कार्यकक्षमा वडाअध्यक्षहरुद्वारा अनिश्चितकालिन तालाबन्दी

मङ्गलबार, ०३ साउन २०७४, १२ : ४७
मङ्गलबार, ०३ साउन २०७४

परासी–नवलपरासीको कावासोती नगरपालिकाको मेयर उपमेयर तथा कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । नेकपा एमालेका तर्फबाट निर्वाचित मेयर,उपमेयरले बहुमतका आधारमा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रम र बजेट ल्याएको भन्दै ९ वटा वडाका वडा अध्यक्षहरुले नै तालाबन्दी गरेका हुन् ।

नगरको मेयर चन्द्रादेवी पुनले सोमबार आयोजित नगरपालिकाको प्रथम नगरसभामा काँग्रेस र माओबादी केन्द्रका वडा अध्यक्षहरुसँग कुनै छलफल नगरी वार्षिक  बजेट पारित गरेको बताएकी थिइन् । नगरपालिकाकाले बोलाएको प्रथम नगरसभा लगातार तीन दिनदेखि यहि विवादले स्थगित हुदै आएको थियो । पछिल्लोपटक सोमबार विहान १० बजे चल्ने भनिएको उक्त नगरसभा कुरा नमिल्दा साँझ ६ बजे मात्र सुरु भएको थियो । 

नगर सभामा लक्षित वर्गको बजेट वडामा जानुपर्ने, एकीकृत सम्पत्ति कर नबढाउने र वार्षिक निति बजेट तथा कार्यक्रम सबै वडा अध्यक्षहरुकोे सहभागितामा वृहद छलफल गरेर मात्र पारित गर्नुपर्ने ९ वटा वडाका अध्यक्षहरुले माग राखेपछि सभामा विवाद भएको थियो । जसकारण सभामा रोष्टम घेराउ समेत भएको थियो ।

सभामा मेयरको कामकारवाहीप्रति रुष्ट बनेका ९ वटा वडा अध्यक्षहरुले मंगलबार विहान प्रेस विज्ञप्ती निकाल्दै मेयर,उपमेर र कार्यकारी अधिकृतको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको वडा नं. ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले जनकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप