कावासोतीका मेयर/उपमेयरको कार्यकक्षमा वडाअध्यक्षहरुद्वारा अनिश्चितकालिन तालाबन्दी
परासी–नवलपरासीको कावासोती नगरपालिकाको मेयर उपमेयर तथा कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । नेकपा एमालेका तर्फबाट निर्वाचित मेयर,उपमेयरले बहुमतका आधारमा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रम र बजेट ल्याएको भन्दै ९ वटा वडाका वडा अध्यक्षहरुले नै तालाबन्दी गरेका हुन् ।
नगरको मेयर चन्द्रादेवी पुनले सोमबार आयोजित नगरपालिकाको प्रथम नगरसभामा काँग्रेस र माओबादी केन्द्रका वडा अध्यक्षहरुसँग कुनै छलफल नगरी वार्षिक बजेट पारित गरेको बताएकी थिइन् । नगरपालिकाकाले बोलाएको प्रथम नगरसभा लगातार तीन दिनदेखि यहि विवादले स्थगित हुदै आएको थियो । पछिल्लोपटक सोमबार विहान १० बजे चल्ने भनिएको उक्त नगरसभा कुरा नमिल्दा साँझ ६ बजे मात्र सुरु भएको थियो ।
नगर सभामा लक्षित वर्गको बजेट वडामा जानुपर्ने, एकीकृत सम्पत्ति कर नबढाउने र वार्षिक निति बजेट तथा कार्यक्रम सबै वडा अध्यक्षहरुकोे सहभागितामा वृहद छलफल गरेर मात्र पारित गर्नुपर्ने ९ वटा वडाका अध्यक्षहरुले माग राखेपछि सभामा विवाद भएको थियो । जसकारण सभामा रोष्टम घेराउ समेत भएको थियो ।
सभामा मेयरको कामकारवाहीप्रति रुष्ट बनेका ९ वटा वडा अध्यक्षहरुले मंगलबार विहान प्रेस विज्ञप्ती निकाल्दै मेयर,उपमेर र कार्यकारी अधिकृतको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको वडा नं. ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले जनकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण