तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
आइतबार, १४ असार २०८३, १२ : ४१
सारांश
- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिनाउ खोलाको बाढीमा फसेका एक युवकको सकुशल उद्धार गरिएको छ।
- दाउरा निकाल्न खोलामा पसेका गुल्मीका ३१ वर्षीय गोरखबहादुर विक बाढीले बगाएपछि फसेका थिए।
- इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बलको टोलीले उनलाई उद्धार गरेको हो।
काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ।
आज बिहान करिब ८:३० बजे बाढी आएको बेला खोलाले बगाएका दाउरा निकाल्न गएका गुल्मी मालिका गाउँपालिका ३ पैयुखर्क घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका १७ रानीगञ्ज बस्ने ३१ वर्षीय गोरखबहादुर विक बाढीमा फसेका थिए।
इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलको संयुक्त टोलीले उनलाई सकुशल उद्धार गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण