स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी
सारांश
- स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
- यसअघि चन्द्रबहादुर थापा अध्यक्ष रहेको बोर्ड हाल अध्यक्षविहीन छ ।
- कार्यकारी निर्देशक पदका लागि भने १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँ। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । बीमा बोर्डको अध्यक्षका लागि सुवास पोखरेल, सिमृन काफ्ले, निजन उपाध्याय, सुमन चन्द्र गुरुङ र महेश सुवेदीको उम्मेदवारी परेको हो ।
यसअघि स्वास्थ्य बीमा बोर्डको अध्यक्ष चन्द्रबहादुर थापा थिए । हाल बोर्ड अध्यक्ष विहीन छ । बोर्डको कार्यकारी निर्देशकमा सकुन्तला प्रजापति छन् । सरकारले ल्याएको अध्यादेशसँगै बोर्ड पदाधिकारी विहीन भएको थियो ।
यस्तै स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा १२ जनाको उम्मेदवारी परेको छ । कार्यकारी निर्देशकमा राधेश्याम गिरी, होमनाथ गैरे, रोशनकुमार महतो, सुमनचन्द्र गुरुङ, मुक्तिनाथ खनाल, शक्ति बस्नेत, गंगाप्रसाद जोशी, राजेन्द्र कुमार पोख्रेल, विमला भट्ट, पारस अधिकारी, प्रमोदकुमार यादव र दीपेन्द्रकुमार यादवको उम्मेदवारी परेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
-
परराष्ट्रमन्त्री खनाल र रूसी महासङ्घका राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण