नबिल बैंकलाई लगातार तेस्रो पटक 'गोल्ड अवार्ड' सहित तीन वटा प्रतिष्ठित सम्मान
काठमाडौँ । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रदान गर्ने वार्षिक उत्कृष्ट प्रतिवेदन (बीपीए) अवार्ड अन्तर्गत नबिल बैंकले निजी क्षेत्रको बैंकतर्फको 'गोल्ड अवार्ड' लगातार तेस्रो पटक प्राप्त गरेको हो।
यस वर्ष आइक्यानले इतिहासमै पहिलो पटक समावेश गरेका 'कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड' र 'सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड' मा पनि नबिल बैंकले 'सर्टिफिकेट अफ मेरिट' प्राप्त गरेको छ। योसँगै नबिल बैंक एकै पटक तीन वटा विधामा सम्मानित हुने सफल बैंक बनेको छ।
मंगलबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच आइक्यानका अध्यक्ष सीए नील बहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवाली र वित्त प्रमुख सन्दीप बाबु पौडेललाई उक्त अवार्डहरू हस्तान्तरण गरे ।
आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपना जस्ता कडा मापदण्डहरूका आधारमा यो अवार्ड प्रदान गरेको हो।
नबिल बैंकले यसअघि सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदनका लागि पनि लगातार यो पुरस्कार जितेको थियो। आइक्यानका अनुसार, यो पुरस्कृत वार्षिक प्रतिवेदन अब दक्षिण एसियाली स्तरमा आयोजना गरिने 'साफा बीपीए अवार्ड' का लागि समेत मनोनीत हुनेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण