किङ्स लाउञ्जमा फिफा विश्वकप हेर्दा बैंकक भ्रमणको अवसर
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित किङ्स लाउञ्जले फिफा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न आउने दर्शकका लागि थाइल्याण्डको बैंकक भ्रमणको अवसरसहित विशेष योजना सार्वजनिक गरेको छ।
किङ्स लाउञ्जले कार्ल्सबर्गसँगको सहकार्यमा सञ्चालन गरेको योजनाअन्तर्गत विश्वकपका खेलहरूको विजेता टोलीको सही अनुमान गर्ने सहभागीलाई दुई हजार रुपैयाँ बराबरको भौचर प्रदान गरिने जनाएको छ। साथै, सामाजिक सञ्जालमा सम्बन्धित पोस्ट लाइक, कमेन्ट र सेयर गर्ने सहभागीमध्येबाट बम्परमा तीन जनालाई बैंकक भ्रमणको अवसर दिइने आयोजकले जनाएको छ।
योजनाअन्तर्गत मंगलबार राति हुने कोट डी आइभोर र नर्वेबीचको विश्वकप खेल लाउञ्जको ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गरिनेछ।
किङ्स लाउञ्जले विश्वकपका खेलहरु बिग स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गर्दै खेलप्रेमीलाई मनोरञ्जनसँगै विभिन्न पुरस्कार योजनामा सहभागी गराउन यो योजना ल्याएको जनाएको छ ।
पहिला पनि यस्तै योजना गर्दै आएको किङ्स लाउन्जले खेलकुद र खेलाडीलाई सधैँ समर्थन गर्दै आएको प्रबन्ध निर्देशक कुमार गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण